+
+

सहरी विकास मन्त्रालयको बजेट ३ वर्षमा बढ्यो ३ गुणा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते २२:३७

१५ जेठ, काठमाडौं । सरकारले सहरी विकास मन्त्रालयलाई ९२ अर्ब ६३ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आवभन्दा २६ अर्ब ४६ करोड बढाएर ल्याएको सहरी विकास क्षेत्रमा केही नयाँ कार्यक्रम समावेश भएको छ ।

सहरी विकास मन्त्रालयका लागि सरकारले प्रत्येक वर्ष उच्च दरमा बजेट बढाइरहेको छ । चालु आवमा सहरी विकास मन्त्रालयका लागि ६६ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।

गत आवमा चालु आवभन्दा ३० अर्ब कम बजेट थियो । गत आव २०७९/८० मा सहरी विकास मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड मात्रै बजेट विनियोजन भएको थियो ।

के आए कार्यक्रम ?

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले काठमाडौं उपत्यका वरिपरि जलपुनर्भरण लगायत योजना सुनाए । यस्तै बागमती नदीको सुक्खा याममा बहाब कायम राख्ने, बागमती सफाइ अभियान निरन्तर राख्ने घोषणा गरेका हुन् ।

बागमती सभ्यता परियोजनाका लागि २ अर्ब ७२ करोड विनियोजन भएको मन्त्री पुनले बजेट वक्तव्यमार्फत घोषणा गरेका छन् ।

सहरी विकास मन्त्रालयले सबैभन्दा धेरै व्यवस्थित सहरी विकासका लागि सघन सहरी कार्यक्रम तथा बस्ती विकास कार्यक्रमका लागि २७ अर्ब विनियोजन भएको छ ।

सहरी विकास मन्त्रालयले आगामी आवमा ल्याएको नयाँ कार्यक्रममा सहरी शासकीय क्षमता विकास कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको छ ।

यस्तै स्थानीय तहसँगको सहकार्यमा काठमाडौं उपत्यकाका धोबीखोला, बागमती र बिष्णुमती करिडोरमा स्काई–वे तथा पड–वे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माण गर्ने विषय पनि बजेटले समेटेको छ । सहरी विकास मन्त्रालयले ‘एक वडा एक पार्क’ निर्माण गरिने उल्लेख छ ।

बारा सिम्रौनगढ, पर्सा ठोरी, मुस्ताङ लोमान्थाङ, उपल्लो डोल्पो धो उपत्यका, हुम्ला लिमी उपत्यका र कञ्‍चनपुर चाँदनी दोधारामा नयाँ नमुना बस्ती निर्माण गरी आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने सहरी विकास मन्त्रालयको बजेट उल्लेख छ ।

सुरक्षित नागरिक आवास कार्यक्रम सञ्‍चालनबाट आगामी वर्ष ५४ हजार ३ सय ९२ घरको फुस, पराल, खरको छानालाई जस्तापाता वा अन्य स्थायी सामग्रीले प्रतिस्थापन गरिने बजेटमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?