+
+

बजेटमा पर्यटन : जनकपुरमा वेडिङ, लुम्बिनीमा बर्थिङ हब

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते २२:५१
फाइल तस्वीर

१५ जेठ, काठमाडौं । सरकारले पर्यटन क्षेत्रमा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ११ अर्ब ९१ करोड विनियोजन गरेको छ ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्‍चालन गरिने बताए ।

पर्यटन क्षेत्रमा नयाँ गन्तव्य पहिचान तथा मौजुदा गन्तव्य विकास र प्रवर्द्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरिने बजेटमा आएको छ ।

पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने बजेटमा उल्लेख छ ।

बुद्ध परिपथ, शिव परिपथ, रामायण परिपथ, किराँत सांस्कृतिक परिपथका विषय आगामी आवको बजेटमा निरन्तरता दिइएको छ ।

टाकुरा पर्यटन

सातै प्रदेश समेटिने गरी चुरे, पहाडी र हिमाली क्षेत्रका प्रमुख गन्तव्यस्थलमा पर्यापर्यटन प्रवद्र्धनका लागि टाकुरा पर्यटकीय गन्तव्य तथा मनोरञ्‍जन पूर्वाधारसहितका इको हिल स्टेसन निर्माण गरिने पर्यटन क्षेत्रको नयाँ बजेट आएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रमा होटल स्थापना गर्न सरकारी जग्गा लिजमा उपलब्ध गराइने पनि सरकारले ल्याएको बजेटमा छ ।

विवाह गर्न आउने पर्यटकलाई हब

नेपालमा वैवाहिक समारोह आयोजना गर्न आउने पर्यटकलाई सहजीकरण गरी सांस्कृतिक तथा पर्यटकीय गन्तव्यलाई विवाह गन्तव्यका रूपमा विकास गरिने रोचक कार्यक्रम पर्यटन क्षेत्रमा ल्याएको छ ।

‘राम जानकीको विवाहस्थल जनकपुरलाई वेडिङ हब र गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई बर्थिङ हबका रूपमा प्रद्र्धन गरिने छ,’ बजेटमा छ ।

यस्तै सञ्‍चालनमा नरहेका बलेवा, लामीडाँडा, मनाङ, रुम्जाटार, बैतडी लगायत आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाइडिङ, प्यारासुट, स्काई डाइभिङ, अल्ट्रालाइट जस्ता मनोरञ्‍जनात्मक साहसिक पर्यटनमा प्रयोग हुने पनि बजेटमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?