+
+

सुन तोलामा ६०० रुपैयाँ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते ११:४०

१६ जेठ, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँ मूल्य तोकिएको छ ।

अघिल्लो दिन १ लाख ३७ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जेठ ७ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ भने तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार प्रतितोला १ हजार ९ सय ३० रुपैयाँमा चाँदीको कारोबार भएको छ । अघिल्लो दिन १ हजार ९२० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?