+
+

आईएमडीबीले सार्वजनिक गर्‍यो धेरै हेरिएका १०० फिल्म स्टारको सूची, शीर्षस्थानमा दीपिका

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १२:२१
अभिनेत्री दीपिका पादुकोणले गर्भवती भएपछि मंगलबार पहिलोपटक सार्वजनिक गरेको तस्वीर

काठमाडौं । विश्व फिल्मको तथ्यांक राख्ने आईएमडीबीको भारतीय संस्करणले पछिल्लो दशकमा सर्वाधिक हेरिएका १०० भारतीय फिल्म सेलिब्रेटीको सूची बुधबार सार्वजनिक गरेको छ ।

आईएमडीबीको प्लाटफर्ममा विश्वभरबाट मासिकरुपमा हेरिएको २५० मिलियन भ्युजको आधारमा उक्त नतिजा सार्वजनिक गरिएको हो ।

सूचीको शीर्ष स्थानमा को छ ?

अवश्य पनि अभिनेत्री दीपिका पादुकोण, जसले सन् २००७ को फिल्म ‘ओम शान्ति ओम’बाट शाहरुख खानको अपोजिट एक्ट्रेसको रुपमा बलिउड डेब्यु गरेकी थिइन् ।

लगभग दुई दशक लामो फिल्म करिअरमा उनले ककटेल, ये जवानी है दिवानी र पद्मावतसहित धेरै ब्लकबस्टर फिल्ममा अभिनय गरेकी छन् । सन् २०१७ को फिल्म ‘एक्सएक्सएक्स : रिटर्न अफ जेन्डर केज’बाट उनले हलिउड डेब्यु गरेकी थिइन् । यो फिल्ममा उनले विन डिजेलसँग अभिनय गरिन् ।

‘विश्वव्यापी दर्शकको भावनालाई आत्मसात गर्ने सूचीमा समावेश हुन पाउँदा म कृतज्ञ छु । आईएमडीबी विश्वासको ज्योतिको रुपमा खडा भएको छ जसले मानिसको जोश, चासो र प्राथमिकतालाई प्रतिविम्बित गर्छ । दर्शकबाट पाएको मायालाई निरन्तरता दिने कार्यलाई निरन्तरता दिनेछु,’ उनले भनिन् ।

दीपिकापछि क्रमशः शाहरुख खान, ऐश्वर्या राय, आलिया भट्ट, इरफान खान, आमिर खान, सुशान्तसिंह राजपुत, सलमान खान, ऋतिक रोशन र अक्षय कुमार छन् ।

त्यसपछि क्रमशः कट्रिना कैफ, अमिताभ बच्चन, सामन्था रुथ प्रभु, करिना कपुर, तृप्ति डिमरी, तमन्ना भाटिया, रणवीर कपुर, नयनतारा, रणवीर सिंह र अजय देवगण छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?