+
+

रिहानापछि अम्बानीको प्रि-वेडिङमा हिपहप स्टार पिटबुलले प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १२:३१

काठमाडौं । भारतीय अर्बपति मुकेश अम्बानीका छोरा अनन्त र राधिका मर्चेन्टको विवाहको चर्चा अझ गर्माएको छ । इटाली र फ्रान्समा हुने दोस्रो चरणको प्रि-वेडिङ समारोहमा सहभागी हुन बलिउड स्टार त्यसतर्फ लागेका छन् ।

यसअघि गुजरातको जामनगरमा भएको प्रि-वेडिङ समारोह अन्तर्राष्ट्रिय पपस्टार रिहानाको उपस्थितिले खास भएको थियो । यो जोडी दोस्रो प्रि-वेडिङ समारोहका लागि तयार छ ।

यतिबेला यो समारोहलाई लिएर नयाँ खबर छ । विश्वचर्चित हिपहप स्टार पिटबुलले गुरु रान्धावासँगै अम्बानीको दोस्रो प्रि-वेडिङ समारोहमा प्रस्तुति दिने भएका छन् । चार दिन लामो समारोहमा पिटबुलले मनोरञ्जन दिने जनाइएको छ ।

स्रोतले भन्यो, ‘गुरु रन्धावाले कार्यक्रममा पिटबुलसँग प्रस्तुति दिनेछन् । यो एक रमाइलो कोलाब हुनेछ जहाँ अतिथिले गुरुको संगीत र पिटबुलको धुनको आनन्द लिनेछन् ।’

गुरुले यसअघि सन् २०१९ मा पिटबुलसँग ‘स्लोली स्लोली’ गीतमा काम गरेका थिए । रान्धावा ‘तू मेरी रानी’, ‘इशारे तेरे’, ‘सूट’ जस्ता गीतबाट लोकप्रिय छन् ।

मिडिया रिपोर्टका अनुसार दोस्रो प्रि–वेडिङ सेलिब्रेसनको कार्यक्रम अनुसार अम्बानी परिवारले मे २९ देखि जुन १ सम्म करिब ८०० पाहुनालाई इटाली र फ्रान्सको विलासी क्रुजमा लैजानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?