+
+

विराटनगरमा लागूऔषध सहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १४:५१

१६ जेठ, विराटनगर । प्रहरीले विराटनगरबाट लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

भारतको जोगवनीमा खरिद गरेर टेम्पोमा राखेर नाइट्राभेट र प्यारोनिक्स ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले को २ ह ८३९० नम्बरको टेम्पोसहित चालक विराटनगर–६ का १९ वर्षीय छोटु सहनी, टेम्पोमा सवार विराटनगर–९ का ३० वर्षीय सञ्जय साह र विराटनगर–१६ का ३० वर्षीय पशुपति केवटलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित खाकी बाबा मन्दिर अगाडि खानतलासी गर्दा टेम्पोको सिटमुनि लुकाएर राखिएको अवस्थामा नाइट्राभेट १७० ट्याब्लेट र प्यारोनिक्स १२८ ट्याब्लेट बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?