+
+

रासायनिक मलको मूल्य घट्दा कृषिको बजेट घटेजस्तो देखियो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १५:३३

१६ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटेकाले कृषिको बजेट घटेजस्तो देखिएको बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले कृषि मन्त्रालयसँग नै कुरा गरेर मलका लागि अनुदान छुट्याइएको बताए ।

‘मलको परिमाण गत वर्षभन्दा बढी नै आयात हुन्छ र पर्याप्त आपूर्ति हुन्छ,’ उनले भने ।

सरकारले बजेटमार्फत कृषिमा लगानी दशक घोषणा गरेको र यो एक्लैको प्रयासले नहुने उनले बताए ।

निजी क्षेत्र, किसान र सरकारको संयुक्त प्रयासमा कृषिलाई व्यावसायिक बनाउन खोजिएको उनको भनाइ छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि कृषि मन्त्रालय तर्फ ५७ अर्ब २९ करोड रुपैयाँ छुट्याएको छ । यो बजेट रकम चालु आर्थिक वर्षका लागि छुट्याएकोभन्दा १ अर्ब ६९ करोड न्यून हो । चालु आवका लागि सरकारले ५८ अर्ब ९८ करोड विनियोजन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?