+
+

गुल्मीमा ११ हजार बालबालिकालाई आईपीभी खोप लगाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १६:४७

१६ जेठ, गुल्मी । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गुल्मीमा आईपीभी खोप अभियान सञ्चालन हुँदैछ । अभियानअन्तर्गत गुल्मीका १२ वटै स्थानीय तहका खोप लगाउन छुटेका बालबालिकालाई पोलियो रोगविरुद्धको आईपीभी खोप लगाइने भएको हो ।

३९२ केन्द्रमार्फत १० हजार ८१० जना बालबालिकालाई आईपीभी खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताए । उनका अनुसार २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई आईपीभी खोप लगाइने छ ।

पहिले यो खोप लिन छुटेका एक वर्ष मुनिका बालबालिका पोलियो रोगको जोखिममा रहेकाले अभियानको माध्यमबाट आईपीभी खोप दिन लागिएको आचार्यले बताए ।

आचार्यले भने, ‘निर्धारण गरिएको उमेर समूहका अधिकांश बालबालिका विद्यालयमा जाने भएकाले खोप सेवा पनि विद्यालयमा नै गएर प्रदान गरिने छ ।’

गुल्मीमा जेठ २१ देखि २८ गतेसम्म आईपीभी खोप अभियान सञ्चालन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?