+
+

साँगामा ७ सवारीसाधन ठोक्किए, दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १८:३९

१६ जेठ, काठमाडौं । अरनिको राजमार्गअन्तर्गत काभ्रेको साँगामा सातवटा सवारीसाधन एक अर्कासँग ठोक्किएका छन् ।

जाममा परेको समयमा पछाडिबाट आएको ट्याङ्करले ठक्कर दिंदा पाँच वटा गाडी र दुई मोटरसाइकल एक अर्कासँग ठोक्किएका हुन् । ट्याङ्करको ठक्करले जाममा रहेको ट्रक, कार, ढुवानीमा प्रयोग हुने पिकअप गाडी र मोटरसाइकल एकअर्कासँग ठोक्किएका थिए ।

दुर्घटनामा परी मोटरसाइकल चालक काभ्रेको पनौती नगरपालिका २ का प्रकाश सापकोटा र स्कुटर चालक बनेपा ५ की देविना कर्मचार्य घाइते भएका छन । घाइतेहरूलाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले जनाएको छ । कारमा सवार पाँचै जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?