+
+

विश्व कीर्तिमान बनाउन कालापत्थरमा रेस्लिङ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १३:१२

१६ जेठ, काठमाडौं । सगरमाथा दिवसका अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमान बनाउने उद्देश्य सहित रेस्लिङको मैत्रीपूर्ण खेल आयोजना गरिएको आयोजकले जनाएको छ ।

नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा मंगलबार ५ हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो ।

सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता भएको हो ।

नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र  अमेरिकाकी  रेस्लर  डानियल मोरिसन (डानी मो) बिच सम्पन्न मैत्रीपूर्ण प्रतिष्पर्धामा नेपालकी भगवती खड्का विजयी भइन् ।

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकोले यो विश्व रेकर्ड हुने दाबी गरिन् ।

मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भुमिका निर्वाह गरेकी थिइन् । कार्यक्रममा अल एराउड ट्रेक्सका एमडी सोनम शेर्पाले स्थानिय सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?