+

साउथ एसियन जुनियर टेबल टेनिस : नेपाली इभाना र वियंकालाई रजत

२०८१ जेठ  १६ गते १९:०५ २०८१ जेठ १६ गते १९:०५
साउथ एसियन जुनियर टेबल टेनिस : नेपाली इभाना र वियंकालाई रजत

१६ जेठ, काठमाडौं । साउथ एसियन जुनियर टेबल टेनिसमा यू१९डबल्समा तर्फ इभाना थापा र वियंका राईले ऐतिहासिक रजत पदक हात पारेका छन् ।

श्रीलंकोक क्यान्डीमा भएको प्रतियोगितामा मंगलबार भएको सेमिफाइनल खेलमा माल्दिभ्सलाई ३–२ले पराजित गर्र्दै वियंका र इभानाको जोडीले फाइनलमा भने भारतसँग ३–० ले पराजित भएका हुन् ।

त्यस्तै नेपालको लागि महिला यू१५ की शुभश्री श्रेष्ठले ऐतिहासिक कास्य पदक जितेकी हुन् ।

त्यस्तै, पुरुष तर्फ भने यू१९ पुरुष टिमले कास्य पदक जितेको छ । नेपालका प्रिन्स थापा, रुविन मर्हजन र सिद्धार्थ तामाङको समुहले कास्य जितेको हो ।

महिला टिमले पनि कास्य जितेको छ । यू१९ र यू१९ दुवैमा महिला टिमले कास्य जितेको हो । यू१९ तर्फ वियंका, इभाना र योन्गी पौडेलले टिम इभेन्टमा कास्य जितेका हुन् ।

यू१५ महिला तर्फ शुभश्री श्रेष्ठ, महिमा महता र सुरम्या शाक्यको टिमले पनि कास्य जितेको हो ।

टेबल टेनिस साउथ एसियन जुनियर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय