+
+

विकल पौडेल थुनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १९:३६

१६ जेठ, काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायण सिंह र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई थुनामा राखी मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

आदेशपछि उनलाई डिल्लीबजार कारागारमा लगिएको छ । १० माघमा पक्राउ परेदेखि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा थिए ।

विशेष अदालतले केही दिनअघि सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार र झुटो विवरण बुझाएर नियुक्ति लिएको छुट्टाछुट्टै दुई भ्रष्टाचार मुद्दामा उनलाई दोषी ठहर गरेको छ । अहिले उनीविरुद्ध विशेष अदालतमा दुई भ्रष्टाचारका मुद्दा विचाराधीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?