
१६ जेठ, काठमाडौं । पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजारमा ‘मंगलादेवी सिं मेमोरियल गर्ल्स होस्टेल’ को भवन निर्माण सम्पन्न भएको छ ।
७० जना क्षमता भएको छात्रावास भवन तयार भएको विद्यालयकी प्रधानाध्यापक रिता तिवारीले जानकारी दिइन् ।
उनका अनुसार भवन निर्माण सम्पन्न भएर विद्यालयमा हस्तान्तरण समेत भइसकेको छ तर छात्रावासको लागि आवश्यक फर्निचरको अभाव छ ।
प्रधानाध्यापक तिवारी भन्छिन्, ‘भवन बनेको छ तर आवश्यक फर्निचर नभएकाले हामीले काठमाडौं महानगरपालिका र वडासँग सहयोग अपिल गरेका छौं । सकारात्मक अपेक्षा गरेका छौं ।’
फर्निचरको व्यवस्था भएपछि विद्यार्थीको आर्थिक अवस्था हेरेर निःशुल्क तथा सञ्चालनका लागि न्यूनतम शुल्क लिएर बस्ने व्यवस्था मिलाइने तिवारीले बताइन् ।
भारतीय सरकारको आर्थिक सहयोगमा चारतले छात्रावास भवन बनेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4