+
+

किम्फमा हुम्ली गाउँको कथा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते २०:१२

काठमाडौं । ‘इन टु द हार्ट अफ माउन्टेन’ वृत्तचित्र प्रदर्शनसँगै २१औं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को पहिलो दिन समापन भएको छ ।

एनेग्री बोसमोनको निर्देशनमा बनेको यो वृत्तचित्रले जेन बौद्ध धर्म अँगालेकी नेतृ रोशी जोन ह्यालिफक्सलाई केन्द्रमा राखेर उनीसँगै हुम्लाको विकट हिमाली भूभागको कथा भन्छ ।

रोशी र उनका साथीहरु वार्षिक रुपमा हुम्लाका केही उच्च भेगमा वार्षिक रुपमा स्वास्थ्य सेवा प्रदान गर्न लामो यात्रामा निस्कन्छन् । राज्यको उपस्थिति कम भएको यो क्षेत्रका मानिस आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन् जहाँ रोशी र उनको समूहले चार दशकदेखि स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।

वृत्तचित्रले १८ हजार फिटभन्दा अग्ला डाँडामा हप्तौंहप्ता यात्रा गरेर स्वास्थ्य सेवा प्रदान गर्ने समूहको संघर्षलाई प्रस्तुत गरेको छ । यसक्रममा हुम्लाको प्राकृतिक सौन्दर्य, त्यहाँका मानिसहरुका दिनचर्या, रहनसहन, संस्कृतिसँगै त्यस भेगका मानिसले सामना गर्नुपरेको जलवायु परिवर्तनका समस्याहरु पनि उजागर गर्छ ।

यात्राका क्रममा मूलपात्र रोशी ४० वर्षअघि हुम्ला आउँदा हरियाली देखेको रानीखर्क, चाला लगायतका गाउँहरू आज कति पनि उस्तै नरहेको भन्छिन् । स्थानीय खडेरीका कारण पर्याप्त उब्जनी नभएको गुनासो गर्छन् । जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम सँगै गाउँ क्रमशः मरूभूमि बन्दै गइरहेकोमा चिन्तित हुनुपर्ने उनी बताउँछिन् ।

बुधबार नै देवेन्द्र खत्रीको ४३ मिनेट लामो फिल्म ‘नेपाली फिक्सन’को वर्ल्ड प्रिमियर भयो । सचिन राना निर्देशित ३२ मिनेटको फिल्म ‘कुलैं तौल कुछ नि जमदु’को भारतीय फिल्मको एसिया प्रिमियर गरियो ।

बुधबार नै नेपाल र नेदरल्यान्ड्सका निर्माताको संयुक्त लगानीको ९८ मिनेट लामो र एनिग्री बोसम्यान निर्देशित फिल्म ‘इन टु द हार्ट अफ द माउन्टेन’को वर्ल्ड प्रिमियर भयो । जेठ २० सम्म चल्ने महोत्सवमा २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?