+
+

सुर्खेतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, २ जना घाइते   

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते ७:२९
फाइल तस्वीर ।

१७ जेठ, काँक्रेविहार (सुर्खेत) । सुर्खेतबाट कालीकोट जाँदै गरेको जीप सुर्खेत-दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार २ जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको हो । अरु दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको छ ।

दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ ।

दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको टोली उद्धारका लागि परिचालन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?