+

विश्वकप वार्मअपमा आज नेपालले अमेरिकासँग खेल्दै

२०८१ जेठ  १७ गते ७:४९ २०८१ जेठ १७ गते ७:४९
विश्वकप वार्मअपमा आज नेपालले अमेरिकासँग खेल्दै

१७ जेठ, काठमाडौं । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत दोस्रो तथा अन्तिम खेल संयुक्त राज्य अमेरिकासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डालासमा हुँदैछ ।

यसअघि डालासमै भएको पहिलो वार्मअप खेलमा नेपाल क्यानडासँग ६३ रनको फराकिलो अन्तरमा पराजित भएको थियो ।

विश्वकपको तयारीमा रहेको नेपालले त्यसअघि वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो ।

अमेरिकासँगको वार्मअप खेलसँगै नेपालको सम्पूर्ण विश्वकप तयारी सकिनेछ ।

विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् ।

नेपाली क्रिकेट विश्वकप वार्मअप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय