+

ओलम्पियाकोसले जित्यो युरोपा कन्फ्रेन्स लिगको उपाधि

२०८१ जेठ  १७ गते ८:०१ २०८१ जेठ १७ गते ८:०१
ओलम्पियाकोसले जित्यो युरोपा कन्फ्रेन्स लिगको उपाधि

१७ जेठ, काठमाडौं । अयुब एल काबीले अतिरिक्त समयमा गर्को गोलमा फियोरेन्टिनालाई पराजित गर्दै ओलम्पियाकोसले युरोपा कन्फ्रेन्स लिगको उपाधि जितेको छ ।

एथेन्सस्थित एइके एरेनामा भएको खेलमा ग्रीग क्लब ओलम्पियाकोसले फियोरेन्टिनालाई १-० ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

ओलम्पियाकोसलाई पहिलो पटक कन्फ्रेन्स लिगको उपाधि जिताउन काबीले ११६औं मिनेटमा निर्णायक गोल गरे ।

भिडियो असिस्टेन्स रेफ्रीले लामो समय चेक गरेपछि उक्त गोलले मान्यता पाएको थियो ।

योसँगै ओलम्पियाकोस युरोपियन प्रतियोगिता जित्ने पहिलो ग्रिक क्लबसमेत बनेको छ ।

ओलम्पियाकोस फुटबल युरोपा कन्फ्रेन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय