+

बायर्नको प्रशिक्षकमा कोम्पनी नियुक्त

२०८१ जेठ  १७ गते ७:५५ २०८१ जेठ १७ गते ७:५५
बायर्नको प्रशिक्षकमा कोम्पनी नियुक्त

१३ जेठ, काठमाडौं । भिन्सेन्ट कोम्पनी जर्मन क्लब बायर्न म्युनिखको नयाँ प्रशिक्षक नियुक्त भएका छन् । बायर्नले आधिकारिक रुपमा बुधबार कोम्पनीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

यसअघि नै बायर्नले बेल्जियमका पूर्वखेलाडीसँग प्रशिक्षक नियुक्त गर्नका लागि सैद्धानतिक सहमति गरिसकेको थियो । ३८ वर्षीय कोम्पनीले अब बायर्नमा थोमस टुचेलको स्थान लिनेछन् । कोम्पनीले यसअघि इंग्लिस क्लब बर्नलीको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए ।

बायर्नले यसअघि जाबी अलोन्सो, जुलियन नागेल्सम्यान र राल्फ रांगनिकलाई प्रशिक्षकका लागि प्रस्ताव गरेपनि उनीहरुले अस्वीकार गरेपछि बायर्नले अन्तत: कोम्पनीलाई भित्र्याएको हो ।

कोम्पनीले २०२० मा खेलाडी जीवनबाट सन्यास लिएपछि बेल्जियमकै एन्डरलेक्टबाट प्रशिक्षण करियर सुरु गरेका थिए । बायर्नको प्रशिक्षक नियुक्त भएपछि कोम्पनीले आफू चुनौतीका लागि तयार रहेको बताएका छन् ।

बायर्न म्युनिख भिन्सेन्ट कोम्पनी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय