+
+

सुर्खेतमा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते ८:५७

१७ जेठ, सुर्खेत । सुर्खेतमा भएको जीप दुर्घटना मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

वीरेन्द्रनगरको रातानाङ्गला नजिकै बिहीबार बिहान भएको जीप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख, प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो । जीप आज बिहान दुई बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीपमा ८ जना सवार रहेको अनुमान गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पौडेलका अनुसार दुर्घटनामा परी अहिलेसम्म ४ जनाको मृत्यु भएको छ ।

‘अहिलेसम्म दुई शव सङ्कलन गरेर सडकमा ल्याइएको छ । बाँकी दुई शव ल्याउने तयारी भइरहेको छ,’ उनले भने, ‘प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्यमा जुटेको छ । बाँकीको खोजी कार्य भइरहेको छ ।’

जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?