+
+

सामाजिक सञ्जाल चलाउन सिकाउँदै पोखरा नगर युवा परिषद्

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते ८:५३

१७ जेठ, काठमाडौं । पोखरा महानगरपालिकाको नगर युवा परिषद्‌ले युवाहरुलाई सामाजिक सञ्जाल चलाउन सिकाउने भएको छ । शनिबार सामाजिक सञ्जाल सञ्चालन, चुनौती र सम्भावनाबारे १५० युवालाई अभिमुखीकरण कार्यक्रम गर्न लागिएको परिषद्‌का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले दिए ।

सूचना प्रवाहमा सामाजिक सञ्जालको ठूलो योगदान भएपनि पछिल्लो समय भ्रामक खबरले बढी स्थान बनाइरहेकाले सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे युवाहरुसँगै चर्चा गरिने न्यौपानेले बताए । ‘आजको विज्ञान तथा प्रविधिको युगमा सामाजिक सञ्जाल सूचनाको मूलस्रोतका रुपमा अगाडि आइरहेको छ । सूचना नै शक्ति हो भन्ने प्रमाणित पनि हुँदै गएको छ’, उनले भने, ‘तर हामीले सामाजिक सञ्जालबाट पाइरहेको सूचना कतिको सत्य हो भन्ने मै अल्मलिरहेका छौं ।’

आजको समयमा युवाहरुको मानसिकता र दृष्टिकोण निर्माणमा सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका खेलिरहेको बताउँदै परिषद्‌का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले भने, ‘त्यसैले पनि हामी युवाहरु मिसइन्फर्मेसन र डिसइन्फर्मेसनबाट बच्न एकदमै चुनौती बढ्दै गएको छ ।’

कार्यक्रममा पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मा र आईटीका जानकार विश्वजराज पौडेलले सामाजिक सञ्जाल प्रयोगबारे कुराकानी गर्नेछन् ।

‘अहिलेका अधिकांश आपराधिक घटना कहीं न कहीं सामाजिक सञ्जालसँग जोडिएका छन् । कतिपय जान्दाजान्दै पनि त्यसमा फसिरहेका हुन्छौं, सजायको भागिदार हुनुपरेको छ’, न्यौपानले भने, ‘साइबर क्राइमबाट कसरी बच्ने, पीडितले कहाँ कसरी न्‍याय खोज्ने भन्नेबारे चर्चा गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?