+
+

अर्थमन्त्री पुनको दाबी : बजेटको स्वीकार्यता बढेको छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १०:२०

१७ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटबाट सकारात्मक प्रतिक्रिया पाएको दाबी गरेका छन् ।

आज काठमाडौंमा नाफिजले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले पारदर्शी र तथ्यमा आधारित बजेट ल्याएकाले त्यसमा स्वीकार्यता बढेको उनले बताए ।

उनले बजेट आफूले संघीय संसदमा प्रस्तुत गरे पनि यसमा सबै मन्त्रालय, कार्यालय र निजी क्षेत्रहरुको योगदान रहेको बताए । ‘बजेटमा मैले एक्लै हिस्सेदारी लिन मिल्दैन,’ मन्त्री पुनले भने ।

करका दर हेरफेर गर्दा कसैलाई मर्कामा परे पनि स्रोत जुटाउनका लागि कर बढाउन बाध्य भएको मन्त्री पुनले बताए ।

आत्मनिर्भर अर्थतन्त्र राष्ट्र निर्माणका लागि त्यो जरुरी भएको भन्दै उनले केही असन्तुष्टि भए पनि त्यसलाई मान्नैपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?