
१७ जेठ, धनगढी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दोहोरो भूमिकाका कारण सुदूरपश्चिममा एमाले सरकारमा सहभागी हुन नसकेको बताएका छन् ।
धनगढीमा आज पत्रकारसँग कुरा गर्दै भण्डारीले माधव नेपालले सत्तामा रहेर कांग्रेलगायतका प्रतिपक्षीसँग पनि छलफल चलाइरहेको बताउँदै उनको यस्तो भूमिकाले स्वयंलाई क्षति हुने बताए ।
‘त्यो प्रवृत्ति लामो समयसम्म रहँदैन । छिटै त्यसको निरूपण हुन्छ,’ उनले अघि भने, ‘त्यही कारणले सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको छैन ।
सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन् । तर, एमालेको अडानका कारण सरकार विस्तार हुन सकेको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4