+
+

बजेटले महँगियो सुन, कतिमा भइरहेको छ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते ११:०७

१७ जेठ, काठमाडौं । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्दा पनि नेपाली बजारमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ तय गरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ३ सय रुपैयाँ बढी हो ।

बजेटले भन्सार दर १५ प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा पनि नेपालमा बढाउनुपरेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । थपिएको भन्सार दरले मात्रै करिब तोलामा ६ हजार रुपैयाँ मूल्यमा असर परेको उनले बताए । २४ घण्टामा अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य १.२ प्रतिशत घटेको छ ।

नेपाली बजारमा बिहीबार चाँदी प्रतितोला १९ सय रुपैयाँ कायम भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?