+

बंगबन्धु कप कबड्डीमा नेपालको लगातार तेस्रो जित

२०८१ जेठ  १७ गते ११:१४ २०८१ जेठ १७ गते ११:१४
बंगबन्धु कप कबड्डीमा नेपालको लगातार तेस्रो जित

१७ जेठ, काठमाडौं । बंगलादेशमाको ढाकामा भइरहेको बंगबन्धु कप अन्तर्राष्ट्रिय पुरुष कबड्डी प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

समूह ए मा रहेको नेपालले बिहीबार बिहान सम्पन्न खेलमा दक्षिण कोरियालाई ६७-४५ ले पराजित गरेको हो ।

उक्त खेलमा नेपालका कप्तान घनश्याम रोका मगर प्लेअर अफ दि म्याच घोषित भए ।

नेपालले यसअघि मलेसिया र पोल्याण्डलाई पराजित गरेको थियो ।

नेपालले बिहीबारै बेलुका इन्डोनेसियासँग चौथो खेल खेल्नेछ । यस्तै समूहको अन्तिम खेल शुक्रबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।

कबड्डी बंगबन्धु कप कबड्डी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय