+
+

सुर्खेत जीप दुर्घटनाका मृतक ४ जनाकै सनाखत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १२:२१

१७ जेठ, सुर्खेत । सुर्खेत जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

सुर्खेतबाट कालीकोट जाँदै गरेको भे१च २५६० नम्बरको बोलेरो जीप बिहीबार सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोट शुभकालिका गाउँपालिका-३ का ४० वर्षीय तन्त बि.क., सोही ठाउँका १७ वर्षीय वीरेन्द्र बि.क,  २७ वर्षीय नवराज बि.क. र दैलेख भैरबी गाउँपालिका-४ का ३८ वर्षीय महेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

जीपमा ६ जना सवार रहेकोमा दुई जना गम्भीर घाइते छन् । कालीकोटका नरी विक र नरेन्द्र विष्ट घाइते भए हुन् । उनीहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

जीप सडकबाट ३०० मिटर तल खसेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?