+

हाम्रा बालबालिकाले पौष्टिक खानेकुरा पाएका छन् ?

२०८१ जेठ  १७ गते १८:२८ २०८१ जेठ १७ गते १८:२८
हाम्रा बालबालिकाले पौष्टिक खानेकुरा पाएका छन् ?

के हाम्रा बालबालिकाहरुले स्वस्थ खानेकुरा खाइरहेका छन् ? के साँच्चै उनीहरुले उमेर अनुकूल पर्याप्त पोषक तत्वहरु पाइरहेका छन् त ?

शतप्रतिशत छैन । किनभने पाँच वर्षमुनिका करिब एक लाख (३६ प्रतिशत) बालबालिका दीर्घ कुपोषण (उमेर अनुसार कम कद)को सिकार भएका छन् । जबकि १० प्रतिशत बालबालिका पोषणको अभावमा उमेर अनुसारको हुनुपर्ने भन्दा कम तौल छ ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको वर्तमान तथ्यांकले यही भन्छ ।

कारण

सामान्यतया कुपोषण खानेकुराको अभावले हुन्छ । तर नेपालमा भने खाने कुरा भएर पनि खुवाउन नजानेर पौष्टिक आहारको कमी भई बालबालिकामा कुपोषण देखिन्छ ।

बालबालिकालाई उमेरअनुसार खानेकुरा सन्तुलित ढंगले दिन नसक्दा पनि बालबालिका कुपोषणको सिकार बनेका छन् ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा ७० प्रतिशत ६ महिनादेखि ३६ महिनाका शिशुको शारीरिक तथा मानसिक वृद्धि विकास नगर्ने खालका खानेकुरा खाइरहेका हुन्छन् ।

नेपालमा शिशुलाई फलफूल र तरकारी भन्दा बढी गुलियो खानेकुरा दिइएको पाइन्छ । नेपालमा एक वर्षदेखि २३ महिनासम्मको बच्चालाई ४३ प्रतिशत गुलियो पेय र खानेकुरा दिइने गरेको सर्वेक्षणले देखाउँछ । अर्को भनेको काठमाडौं उपत्यकामा ४८.५ प्रतिशत आमाबुबाले पोषणयुक्त खानेकुरा मिलाएर दिनुको सट्टा आफू अनुकूल खाजा खान दिने गरेको पाइएको छ ।

यो तथ्यांकले पनि बालबालिकाको विकासमाथि अस्वस्थकर अभ्यास भएको देखाउँछ ।

त्यति मात्र होइन, अहिले बजारमा अनेकौं नामका आकर्षक देखिने बजारीया खानेकुरा छन् । यस्ता खानेकुराको बच्चालाई बानी लगाउँदा उनीहरु अस्वस्थकर जंकफुडसँग नजिक र फाइबर, भिटामिनयुक्त खानेकुराबाट टाढा भइरहेका हुन्छन् ।

अर्को भनेको पाहुना लाग्दा बालबालिका छन् भने झोलामा चकलेट, चाउचाउ, लेज जस्ता खानेकुरा लैजाने चलन पनि नेपालमा छ । अभिभावकलाई पनि त्यही कोसेली खाजा दिन सहज हुन्छ । यसरी पनि बालबालिका बाहिरको खानेकुरा प्रति लोभिएको पाइन्छ । उनीहरुको जिब्रोलाई घरको दाल, भात, तरकारी भन्दा स्वादिलो बजारका आकर्षक खानेकुरा रोजाइमा पर्छ ।

त्यस्तै, अधिकांश आमाले समय अभाव देखाउँदै बालबालिकालाई बजारीया तयारी खानेकुरा खुवाउने गरेका कारण पनि कुपोषणको समस्या बढेको देखिएको छ । ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्नेमा यसको पूर्ति गर्न बजारमा पाइने प्याकेटका खानेकुरा खुवाउँदा आठ महिनादेखि २४ महिनासम्मको बच्चालाई बीचमा कुपोषण हुनसक्छ ।

कुपोषणको अभावमा स्वास्थ्य समस्या

गलत खानपानले स्वास्थ्यबर्द्धक खानेकुरालाई प्रतिस्थापन गर्छ । जसले बच्चाको वृद्धि विकासका लागि अपरिहार्य पर्ने पोषक तत्वबाट वञ्चित गराउँछ ।

यस्ता अभ्यासले बालबालिकाको शारीरिक स्वास्थ्य मात्र नभई मानसिक क्षमतालाई समेत प्रभावित गर्छ । जो बच्चाले बढ्ने उमेरमा स्वस्थकर खानेकुरा पर्याप्त खान पाउँदैन । उनीहरुको बौद्धिक क्षमता कमजोर हुन्छ । कुपोषणको कारण बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुन्छ ।

अति प्रशोधित तथा प्याकेटमा राखेर बेचिएका खानेकुरामा हुने अत्याधिक नुन र रसायन, बोसोयुक्त खानेकुरा, अनावश्यक वजन बढाउने भविष्यमा अन्य नसर्ने दीर्घकालीन रोगलाई बढावा दिन्छ । त्यस्तै, अत्याधिक गुलियो र कृत्रिम मिठाइ, आइसक्रिम, मिठाइले दाँतमा समस्या ल्याउन सक्छ ।

यस्तोमा ६ देखि २३ महिनाको बच्चामा पोषणको आवश्यकता अन्य उमेरभन्दा उच्च हुन्छ । यो अवस्थामा पोषणको अभाव भएमा प्रतिरोधात्मक क्षमता कम हुने, संज्ञात्मक विकास कम हुने, शारीरिक गतिविधि स्वस्थ बालबालिकाको तुलनामा कम हुने, कामहरु सुस्त हुने जस्ता समस्या देखा पर्न सक्छन् ।

के गर्ने ?

जन्मिएको एक वर्षसम्म पर्याप्त मात्रामा स्तनपान गराउनुपर्छ । त्यस्तै दुई वर्ष वा सो भन्दा माथिका बालबालिकामा मागअनुसार स्तनपान गराउने, घरमा पकाएका खानेकुरा जस्तै, लिटो, खिचडी, जाउलो, मासु, अण्डा, फलफूल र हरियो सागसब्जी जस्ता खानेकुरा सन्तुलित मात्रामा दिनुपर्छ ।

यी खानेकुरामा शरीरको विकासका लागि चाहिने भिटामिनका स्रोत, खनिज, क्याल्सियम, म्यागनेसियम, प्रोटिन जस्ता पौष्टिक तत्व समावेश गर्नुपर्छ । साथै प्रशस्त मात्रामा पानी पिउने बानी गराउनुपर्छ । बाहिरका खाना भन्दा घरका खाना धैरै खुवाउने गर्नुपर्छ ।

खानेकुरा त दिने तर दैनिक कति मात्रामा दिने त ? बच्चाका शरीरको भिन्दाभिन्दै शारीरिक बनावट हुन्छ । सो अनुसार शरीरले खानेकुरा माग गर्छ । यस्तोमा उनीहरुलाई दैनिक कति मात्रामा खानेकुरा दिने भन्ने जानकारी लिन पोषणविद्सँग परामर्श लिन सकिन्छ ।

खानेकुरा दिने मात्र होइन, खानेकुरा खाँदा ध्यान उनीहरुमै केन्द्रित रहेर खानेकुरा खुवाउनुपर्छ । सकेसम्म बजारीया खानेकुरा बढ्ने उमेरमा नदिनु उचित हुन्छ ।

सरकारले पनि सचेतनाका लागि ग्रामीणदेखि सहरी क्षेत्रमा पोषणसम्बन्धी ज्ञानबारे कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।

बच्चालाई कसरी खुवाउने ?

– हरेक दिन पाँच अलग-अलग पौष्टिक खाद्यपदार्थ दिनुपर्छ । ताकि, कुनै खानेकुरा लगातार खाएर उनीहरु दिक्क नबनुन् ।

– बच्चालाई थरीथरी रंगले लोभ्याउँछ । यस्तोमा खाना आकर्षक बनाउन सलाद, काँचो फल र तरकारी काटेर केही सजावट गरेर दिन सकिन्छ ।

– बच्चालाई खुवाउन बल प्रयोग गर्नुहुँदैन । मायाले सम्झाएर खुवाउनुपर्छ ।

–  बच्चालाई घरभित्र वा बाहिर खेल्न दिनुपर्छ, जसले उनीहरुलाई भोकको महसुस होस् र खानामा रुचि बढोस् ।

– सानो उमेरमा जति बजारीया खानेकुराबाट टाढा राख्यो त्यति राम्रो हुन्छ ।

पौष्टिक तत्व बालबालिका
बबिता अधिकारी
लेखक
बबिता अधिकारी
पोषणविद्

अधिकारीले बाल पोषण विकासमा स्नातक र ग्रामीण विकासमा स्नाकोत्तर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ

वृद्ध उमेरको यौन जीवन : मिथक र यथार्थ

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

कतिपय महिलामा दाह्रीजुँगा किन पलाउँछ ?

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

दाँत पहेंलो हुन्छ, के कारणले होला ?

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

मानसिक स्वास्थ्य समस्याको पहिचान र उपचार

शिरोधारा के हो, किन गरिन्छ ?

शिरोधारा के हो, किन गरिन्छ ?