+
+

अष्ट्रेलियाको पर्थ र क्यानबेराबाट महजोडीले थाले ‘महजात्रा’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १२:१२

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अष्ट्रेलियाली डायस्पोरामा आफ्नो प्रतीक्षित ‘महजात्रा’को सुरुवात गरेका छन् । दुई अष्ट्रेलियाली सहर पर्थ र क्यानबेरामा आइतबार सोमबार कार्यक्रम सम्पन्न भएको छ ।

यी दुई सहरमा उत्साहजनकरुपमा महजात्रा सम्पन्न भएको जानकारी हरिवंशले दिए । महजोडीले उक्त अवसरमा आफ्नो चर्चित क्यारिकेचर प्रस्तुत गर्दै सामाजिक विषयमा कटाक्ष गरेका थिए ।

यसपछि सिड्नी, एडिलेड, मेलबर्न र न्युजिल्याण्डको अकल्यान्ड र क्राइस्टचर्चमा समेत महजात्राको आयोजना गर्नेछन् । ‘महजात्रा अष्ट्रेलिया–न्युजिल्याण्ड २०२४’ नाम दिइएको यो कमेडी टुरमा हरिवंश र मदनकृष्णसँगै किरण केसी पनि सहभागी छन् । उनले पनि टुरमा प्रस्तुति दिएका छन् ।

फिल्म र सांगीतिक कार्यक्रम मात्र हुँदै आएको अष्ट्रेलिया र न्युजिल्याण्डमा पछिल्लोपटक महजोडीले स्टेज कमेडी प्रस्तुत गरेका हुन् । गत वर्ष अष्ट्रेलिया र न्युजिल्याण्डमा हरिवंश स्टारर फिल्म ‘महाजात्रा’ले राम्रो कमाइ गरेको थियो । सिड्नी लगायतका सहरमा महिनौं फिल्म चलेको थियो ।

फिल्ममार्फत दर्शकमाझ पुगेका हरिवंशलाई यसपटक भने ‘महजात्रा’बाट दर्शकमाझ पुग्ने मौका मिलेको छ । उनको नयाँ फिल्म ‘भूठान’ प्रदर्शन तयारीमा छ ।

अन्य तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?