+
+

गोरखाको धार्चेमा प्रशासनिक भवन अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन

विकास मरहट्टा विकास मरहट्टा
२०८१ जेठ १७ गते १३:१७

१७ जेठ, गोरखा । गोरखाको धार्चे गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवन अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन् । सम्झौता अवधिभित्र काम पूरा नगरेर थप भएको म्याद गुज्रिँदासम्म पनि ठेकेदार काममा फर्किएका छैनन् ।

भवन निर्माणका लागि २०७८ साल वैशाख ५ गते विकोइ–हेमन्त जेभी चितवनसँग सम्झौता भएको थियो । करिब दुई बर्षमा काम सक्ने गरी सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनार बताउँछन् ।

‘२०७९ साल माघ २९ गतेभित्र काम सक्ने गरी सम्झौता भएको थियो’, उनले भने, ‘काम नसकिएपछि १३ महिना म्याद थप भयो तर, त्यो अवधिभर ठेकेदार एकपटक पनि यहाँ आएन, काम पनि गरेन ।’

फोन गर्दा प्राय नउठ्ने गरेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत सुनारका अनुसार भवनको हालसम्म ७० प्रतिशतमात्र काम भएको छ ।

समयमै भवन निर्माण नहुँदा पालिकाको कार्यसम्पादन र अभिलेख व्यवस्थापनमा समेत समस्या भएको उनले जानकारी दिए ।

‘भाडाको घरमा कार्यालय संचालन गर्दै आएका छौं, स्पेस धेरै नभएर कर्मचारीको कार्यकक्ष समेत व्यवस्थापन गर्न सकेका छैनौं ’, उनले भने । शाखा कार्यालयको व्यवस्थापनमा समेत समस्या रहेको बताउँदै उनले ठाउँ अभावमा स्टोर समेत अन्यत्र राख्नुपरेको गुनासो छ ।

आफ्नै भवन नभएका कारण कार्यालय संचालनका लागि बार्षिक करिव चार लाख रुपैयाँ घरभाडामा खर्च गर्ने गरेको छ ।

भवन बनाउने जिम्मा लिएको निर्माण कम्पनीमध्यको हेमन्त निर्माण सेवा भने सम्पूर्ण जिम्मा बिकोइले लिएको भन्दै पन्छियो । बिकोइका प्रोपराइटर हेमन्त कोइराला भने फोन सम्पर्कमा आउन चाहेनन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?