+
+

बजेटले आईटी क्षेत्रमा उत्साह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १३:२७

१७ जेठ, काठमाडौं । बजेटले सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकता दिएपछि यससँग सम्बन्धित व्यवसायी उत्साहित बनेका छन् ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सूचना तथा सञ्चार प्रविधि क्षेत्रका लागि स्वागतयोग्य रहेको बताएको छ ।

बजेटमा पाँच रुपान्तरणकारी क्षेत्रमा सूचना प्रविधि विकासलाई समावेश गरिएको भन्दै यसले नयाँ आशा देखाएको महासंघको भनाइ छ ।

क्यान महासंघका अध्यक्ष रणजित पोदारले बजेटले आईटी क्षेत्रका धेरै आवश्यकतालाई समेट्नु सकारात्मक रहेको बताए ।

बजेटले सकारात्मक तरंग ल्याएको भन्दै उनले बजेटमा राखिएका कार्यक्रम कार्यान्वयन हुने हो भने देश रुपान्तरणको बाटोमा जाने उनको भनाइ छ ।

यस पटकको बजेटमा नेपालललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्ने गरी विभिन्न कार्यक्रम घोषणा गरिएका छन् । यस अन्तर्गत १० वर्षमा ३० खर्बको आईटी सेवा निर्यात गर्ने लक्ष्य राखिएको छ ।

५ लाख रोजगारी सिर्जना गर्ने र १० लाख मानिसलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य समेत सरकारले राखेको छ । निजी क्षेत्रसँगको साझेदारीमा सरकारले थप कार्यक्रम ल्याउनु पर्ने यनको भनाइ छ ।

सरकारले काठमाडौं उपत्यका र बुटवलमा इन्टरनेट, बिजुली, सुरक्षालगायतका पूर्वाधारसहित सूचना प्रविधि पार्क बनाउने सरकारको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?