+
+

निर्यातभन्दा भारतबाट नेपालमा बढी बिजुली आयात

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १६:३५

१७ जेठ, काठमाडौं । नेपालले यस वर्ष निर्यातभन्दा बढी मूल्यको बिजुली आयात गर्नुपरेको छ । हिउँदमा नेपालले आन्तरिक माग धान्न भारतबाट बिजुली आयात गर्नुपर्ने बाध्यता छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यस वर्ष हिउँदयाममा देशभित्रको विद्युत् माग धान्न १५ अर्ब २१ करोड रुपैयाँको बिजुली भारतबाट आयात गर्नुपरेको छ ।

सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाब घट्दा नेपालभित्रको आन्तरिक उत्पादन घट्छ । यस अवधिमा १ अर्ब ८१ करोड ४८ लाख युनिट विद्युत् आयात गरिएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ साउनदेखि हालसम्म १३ अर्ब ४७ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । प्राधिकरणले चालु आव निर्यातभन्दा १ अर्ब ७४ करोड रुपैयाँको बढी विद्युत् आयात गरिएको जनाएको छ ।

यस अवधिमा १ अर्ब ४९ करोड २९ लाख युनिट विद्युत् निर्यात गरिएको हो । आयात गरिएको विद्युतको मूल्य निर्यात गरिएकोभन्दा सस्तो छ । निर्यात गरिएको विद्युतको प्रतियुनिट औसत मूल्य ९ रुपैयाँ २ पैसा छ । आयातको प्रतियुनिट औसत मूल्य ८ रुपैयाँ ३८ पैसा छ ।

प्राधिकरणले गत वर्ष जेठदेखि यस वर्ष हालसम्म १५ अर्ब ६२ करोड रुपैयाँको विद्युत् भार निर्यात गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जेठको बाँकी समय र असारमा निर्यात हुने विद्युत् परिणामबाट चालु आव आयातभन्दा निर्यात बढी भई खुद निर्यातकर्ता बन्ने अवस्था देखिएको दाबी गरे ।

६/७ वर्षअघिसम्म नेपालले विद्युत् आयातमात्र गरिरहेको थियो । पछिल्लो २/३ वर्ष अघिबाट विद्युत् निर्यात सुरु गरिएको हो । अहिलेसम्म निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था रहेको थियो । यस वर्षबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था देखिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?