+

पारस खड्का र राखेप पदाधिकारीसहित त्रिवि मैदान पुगे खेलकुदमन्त्री

२०८१ जेठ  १७ गते १५:०३ २०८१ जेठ १७ गते १५:०३
पारस खड्का र राखेप पदाधिकारीसहित त्रिवि मैदान पुगे खेलकुदमन्त्री

१७ जेठ, काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अनुगमन गरेका छन् ।

बिहीबार खेलकुद मन्त्रीका साथै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का लगायतको टोलीले त्रिवि मैदानको अनुगमन गरेका हुन् ।

 

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले विभिन्न खेल मैदान स्तरोन्नतिको लागि ६० करोड बजेट विनियोजन भएको जानकारी दिए । उनले भने, ‘फ्लड लाइटका लागि मात्रै २० करोड बजेट विनियोजन भएको छ ।’

त्रिवि मैदानमा फ्लड लाइट र स्कोर बोर्डको काम तत्काल सुरु हुने श्रेष्ठले बताए । ‘नेपालमा भएको अन्तर्राष्ट्रिय मैदानको स्तरोन्नतिका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने छ । त्रिवि मैदान प्यारापिट, फ्लड लाइट, शौचालय र खानेपानीको सुविधासहित स्तरोन्नति हुनेछ ।’

अबको केही महिना अन्तर्राष्ट्रिय खेल नरहेकाले त्रिवि मैदानको पिचको माथिल्लो माटो निकाल्ने र पुनः पिच गर्ने काम भइरहेको छ ।

क्यान सचिव पारस खड्काले दर्शकका लागि खानेपानी, शौचालय लगायत सुविधाको काम सुरुमा गरिने बताए । खेलाडीका लागि होस्टलको समेत व्यवस्था गर्ने योजना रहेको खड्काले बताए । ‘होटल व्यवसायीसँग समन्वय गरेर होस्टलको पनि योजना लिएर अघि बढिरहेका छौं,’ उनले भने ।

तस्वीर : विकास श्रेष्ठ

त्रिवि मैदान पारस खड्का विराजभक्त श्रेष्ठ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय