+
+

अध्यक्ष शेर्पाले स्ववियु परिषद्को सभापति आफूखुसी मनोनीत गरेको भन्दै नेविसंघमा विवाद

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १५:१७

१७ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले मनोमानी तरिकाले स्ववियु परिषद्‌मा नियुक्त गरेको भन्दै विरोध भएको छ ।

नेविसंघबाट जितेका ५७ क्याम्पसका स्ववियु अध्यक्षले विज्ञप्ति निकालेर अध्यक्षको निर्णयप्रति विरोध गरेका हुन् । शेर्पाले आफू निकटका व्यक्तिहरूलाई स्ववियु परिषद्‌मा मनोनीत गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभिन्न विश्वविद्यालयका क्याम्पसमा नेविसंघको तर्फबाट निर्वाचित भएका स्ववियु प्रतिनिधिहरूको अधिवेशनबाट स्ववियु परिषद् गठन हुने विधानको व्यवस्था विपरीत अध्यक्ष शेर्पाले आफूखुसी मनोनीत गरेको नेविसंघ केन्द्रीय सदस्य सुवास पौडेलले जानकारी गराए ।

अध्यक्ष शेर्पाको कदम अलोकतान्त्रिक, अवैधानिक र अध्यक्षको क्षेत्राधिकारभन्दा बाहिर रहेको असन्तुष्ट स्ववियु अध्यक्षहरूले जनाएका छन् । स्ववियु परिषद्को अधिवेशन आह्वान गर्न र अध्यक्षको निर्णय फिर्ता लिन विज्ञप्तिमा माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?