+
+

अत्यधिक गर्मी भएपछि धनगढीका विद्यालय एक हप्ता बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १५:३२

१७ जेठ, धनगढी । गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ ।

उपमहानगरपालिकाले भोलि, शुक्रबारदेखि लागू हुनेगरी २४ जेठसम्म बिदा दिएको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीले सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिइएको उल्लेख गरेका छन् । खातीले गर्मी अत्यधिक बढेपछि बालबालिकाको स्वास्थमा पर्न सक्ने असरलाई ख्याल गर्दै बिदा दिइएको बताएका छन् ।

धनगढीलगायत तराई क्षेत्रमा केही दिनयता गर्मी अत्यधिक बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार धनगढीमा २८ वर्ष यताकै सर्वाधिक ४३.३६ डिग्री तापक्रम मापन गरिएको थियो । आज धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?