+
+

‘दान्भी’को ट्रेलर सार्वजनिक गर्दै पूजाले भनिन्- मेरो एक्सन बनावटी होइन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १५:३३

काठमाडौं । असार ७ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा पूजा शर्मा स्टारर फिल्मको एक्सनप्रधान ट्रेलर लन्च गरियो ।

रोमान्टिक फिल्ममा देखिँदै आएकी शर्माको यो पहिलो एक्सन फिल्म हो । डेब्यु एक्टर कुन्साङ बोमजोमलाई पनि यसमा देख्न सकिन्छ । कुन्साङले निर्वाह गरेको पात्रको हत्यापछि यसको बदला लिन पूजाको चरित्र प्रतिशोधमा उत्रन्छ ।

ट्रेलरमा पुजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ । कार्यक्रममा अभिनेत्री शर्माले टिजर र एक्सन सिक्वेन्सको तस्वीर सार्वजनिक भएपछि सञ्चारमाध्यममा आफूलाई ट्रोल बनाइएकोमा गुनासो गरिन् ।

‘मेरो एक्सनलाई देखावटी भनेर समाचार पनि आयो । तर मैले फिल्मका लागि कतिसम्म एक्सन दृश्य दिएको छु भन्ने कुरा दर्शकले फिल्म हेरेपछि थाहा पाउनुहुनेछ’, उनले भनिन् ।

उनले भनिन्, ‘अब म अरुको आलोचना सुन्नुभन्दा कामले नै जितेर देखाउँछु भन्ने अठोटमा छु । हिरोइनले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने दान्भीमा देखाएको छु ।’

अभिनेता बम्जनले दर्शकले ‘दान्भी’मा नयाँ एक्सन जनरा पाउने बताए । अर्का अभिनेता किरण श्रेष्ठले एक्सन जनरा मनपर्ने दर्शकका लागि ‘दान्भी’ उपर्युक्त फिल्म भएको दाबी गरे ।

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा विशाल पहाडी, राजाराम पौडेललगायतको अभिनय छ । पवन रानामगर कार्यकारी निर्माता र देव मगर तथा अनुप गडाल निर्माता छन् । फिल्ममा कमला लिम्बु, पन्चबहादुर तामाङ र आदर्श पौडेल सह-निर्माता छन् ।

फिल्ममा सन्जोग कुवँर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरिप्रसाद घलेको छायांकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?