+
+

‘आउट ल’को प्रदर्शन मिति तय, पोस्टरमा सुशिलको ‘एंग्री योङ म्यान’ अवतार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १५:४४

काठमाडौं । स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘आउट ल : दफा २१९’को फस्टलुक रिलिज भएको छ । फस्टलुकमा अभिनेता सुशिल श्रेष्ठलाई ‘एंग्री योङ म्यान’को अवतारमा प्रस्तुत गरिएको छ ।

पोस्टरमा उनी मेसिन गन बोकेर बदला लिन तयार छन् । अमित अग्रहरिले निर्माण गरेको फिल्मको फस्टलुकसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ ।

यो फिल्म असोज ३ गतेदेखि विश्वब्यापी प्रदर्शन हुने जनाइएको छ । विक्की महर्जनको पटकथा तथा निर्देशन छ । फिल्ममा सुशिलका साथमा नरेश पौड्याल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुनको अभिनय छ ।

विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-निर्माताको रुपमा छन् । नविन गुरुङको छायांकन रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ ।

चुल्ठे काजीको एक्सन रहेको फिल्ममा इश्वर घिमिरे प्रोडक्शन म्यानेजरको रुपमा छन् । विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको फिल्ममा श्रृजना सुत्रको कास्टिङ छ । यो फिल्मको यसअघि सार्वजनिक भिडियोले पनि निकै चर्चा पाएको थियो ।

फस्टलुकसँगै फिल्मप्रति दर्शकको उत्साह अझै बढ्ने देखिएको छ । नायक सुशिल श्रेष्ठका लागि यो फिल्म बलियो कमब्याको रुपमा रहने चर्चा फिल्मीवृत्तमा चलिरहेको छ । यो फिल्मलाई देशभर डीसीएनले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?