+
+

‘छक्कापञ्जा ५’को छायांकनमा यस्तो देखिए दीपक र वर्षा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १६:०४

काठमाडौं । यसवर्षको प्रतीक्षित घरेलु फिल्म ‘छक्कापञ्जा ५’को छायांकन विहीबार भक्तपुरको सूर्यविनायक मन्दिरबाट सुरु भएको छ । पूजाआजासहित सुरु भएको फिल्मको छायांकनलाई लिएर दर्शकमाझ पनि उत्साह छ ।

शुभसाइतको कारण एक्सन-कट् अर्थात संक्षिप्त छायांकन गरिएपनि फिल्मको औपचारिक सुटिङ भने शुक्रबारदेखि सुरु हुनेछ । निर्देशक दीपाश्री निरौलाका अनुसार ४५ दिनसम्म काठमाडौं र पोखरा आसपासमा छायांकन हुनेछ ।

सूर्यविनायक मन्दिरमा दीपकराज गिरी र अभिनेत्री वर्षा सिवाकोटी कुर्थामा उपस्थित थिए । फिल्मको शीर्ष भूमिकामा यी दुईले जोडी बाँध्दैछन् । छायांकन सुरु हुनुपूर्व दुबैजना उत्साहित सुनिए ।

२०८० सालमा ‘परदेशी २’ र ‘भष्मे डन (केमियो)जस्ता हिट फिल्म दिएकी वर्षाका लागि यो अर्को महत्वपूर्ण प्रोजेक्ट हो । बिहीवार बिहान सार्वजनिक गरिएको फिल्मको टिजर पोस्टरले वर्षा र दीपकको चरित्रको मुड दर्शाउँछ । दीपक राजाको रुपमा छन् भने वर्षा उनको रानीको अवतारमा ।

फिल्मका अन्य कलाकारबारे सार्वजनिक गरिएको छैन । काभ्रेको पाँचखाल क्षेत्र, पनौति, पोखरा आसपासमा ४५ दिनसम्म फिल्मको छायांकन हुनेछ । यो फिल्म दीपकको आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो ।

यो फिल्मले अर्थ-सामाजिक आयामलाई व्यंग्य गर्ने निर्माता तथा अभिनेता गिरीले अनलाइनखबरलाई जानकारी दिए । कार्यकारी निर्माताको रुपमा निर्मल शर्मा समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?