+
+

गर्मी बढेपछि तिलोत्तमाका विद्यालयमा एक महिना बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १७:३०

१७ जेठ, बुटवल । अत्यधिक गर्मी बढेको भन्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयहरुमा एक महिना गर्मी बिदा दिएको छ ।

नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै नगरभित्र रहेका सामुदायिक र संस्थागत सबै विद्यालय जेठ १८ गतेदेखि असार १४ गतेसम्म बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

नगरप्रमुख रामकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र पठनपाठन सञ्चालन गर्न समस्या भएकाले बिदा दिइएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?