+
+

दक्षिण अफ्रिकाको निर्वाचनमा ३ दशकपछि मण्डेलाको पार्टीले बहुमत गुमाउने संकेत

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १७:५६

१७ जेठ, काठमाडौं । दक्षिण अफ्रिकामा निर्वाचनको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ । प्रारम्भिक निर्वाचन परिणामले ३० वर्षपछि अफ्रिकन नेशनल कंग्रेस एएनसीले संसदमा बहुमत गुमाउने संकेत देखाएको बीबीसीले उल्लेख गरेको छ ।

हालसम्म १४ प्रतिशत निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक हुँदा पूर्वराष्ट्रपति नेल्सन मण्डेलाको दल एएनसीले ४३ प्रतिशतले अग्रता कायम राखेको छ भने अर्को दल डीएले २६ प्रतिशत मत प्राप्त गरेको छ ।

पूर्व राष्ट्रपति ज्याकोब जुमाको दल एमके पार्टीले ८ प्रतिशत मत पाएको छ । निर्वाचनको सम्पूर्ण परिणाम एक सातापछि आउने छ । प्रारम्भिक परिणामले त्यहाँ अब गठबन्ध सरकार बन्ने स्केत देखाएको छ । भ्रष्टाचार, अपराध तथा बेरोजगार मौलाउँदा एएनसीको जनसमर्थन घटेको छ ।

यसपटकको निर्वाचनमा ७० वटा राजनीतिक दल र ११ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा थिए । दक्षिण अफ्रिकामा संघीय सदन तथा ९ वटा प्रदेशसभाका लागि निर्वाचन भएको थियो । प्रारम्भिक परिणामले एनएनसीप्रति अझैपनि जनता भ्रममा रहेको देखाएको विश्लेषकहरुको अभिमत छ ।

यस निर्वाचनले दक्षिण अफ्रिकाको लोकतान्त्रिक प्रणालीलाइ अझै संक्रमणकालीन अवस्थामा धकेल्ने जोखिम रहेको विश्लेषक रिचार्ड कलाण्डले बीबीसीसँग भनेका छन् ।

‘हामी लोकतन्त्रको अर्को चरणमा प्रवेश गरेका छौँ । संभवत हामी संक्रमणकालीन अवस्थामा पनि पुग्नसक्ने जोखिम छ । हाम्रो लोकतन्त्र प्रतिस्पर्धात्मक र परिपक्व बन्ने संभावनासँगै राजनीति धुमिल हुने चुनौती  प्रारम्भिक निर्वाचन परिणामले देखाएको छ,’ उनले भने ।

प्रतिपक्षी दल डेमोक्रेटिक एलायन्स डीएले अन्य १० राजनीतिक दलसँग सहकार्य गरेको छ । सत्ता बनाउन आवश्यक संख्या जुटेमा एएनसीलाई रोक्ने उसको लक्ष्य छ ।

डीएको यो संभावनाका लागि एएनसीको मत ५० प्रतिशत भन्दा कम आउनुपर्छ । गत निर्वाचनमा एएनसीले ५७.५ प्रतिशत मत पाउँदा डिएले २१ प्रतिशत मत पाएको थियो ।

दक्षिण अफ्रिकामा राष्ट्रपति संसदबाटै चयन हुने भएकाले वर्तमान राष्ट्रपति क्रिल रमाफोसानै सत्तामा हुनेछन् । एएनसीले बहुमत गुमाएपनि संसदको ठूलो दल भने बन्ने निश्चित छ ।

दक्षिण अफ्रिकाको निर्वाचनमा २ करोड ७० लाख मतदाता दर्ता भएका थिए । ती मध्ये युवा मतदाताको संख्या बढी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?