+
+

काठमाडौंमा अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १८:११

काठमाडौं । नेपाल भाषाको पत्रकारिता सुरु भएको १०० वर्ष पुगेको अवसरमा दुईदिने अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलन हुने भएको छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूले सार्क जर्नालिस्ट फोरम र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सहकार्यमा शनिबार र आइतबार अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन गर्न लागेको हो । सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा शनिबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने जानकारी दिइयो ।

उद्घाटनपछि ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता र मातृभाषा पत्रकारिता’ विषयमा प्यानल छलफल हुने जनाइएको छ ।

सम्मेलनको दोस्रो दिन आइतबार भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको बोडेमा दक्षिण एसियाली देशमा मातृभाषा पत्रकारिताको प्रवृत्ति र आगामी दिशामा प्यानल छलफल हुनेछ । दोस्रो दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथि रहने जनाइयो । सम्मेलनमा नेपाल, भारत, बंगलादेश र भुटानका गरी १५० जना पत्रकारको उपस्थिति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?