
१७ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातकोत्तर तहको शैक्षिक सत्र २०८१ को वार्षिक क्यालेन्डर प्रस्ताव गरेको छ ।
प्रस्तावित वार्षिक क्यालेन्डरअनुसार स्नातकोत्तर तह पहिलो सेमेस्टरको आवेदन फारम आगामी मंसिरमा खुल्ने छ ।
त्रिविले पुस महिनामा प्रवेश परीक्षा र भर्ना हुने समायवधि तोकेको छ ।
माघ १ गतेदेखि पढाइ सुरु गर्ने, २०८२ वैशाख ४ गतेदेखि परीक्षा सञ्चालन गरिने र असोज १ गते नतिजा प्रकाशन गर्ने त्रिविको प्रस्तावित क्यालेन्डरमा उल्लेख छ ।
दोस्रो सेमेस्टरको पढाइ २०८२ जेठ ३ गते, तेस्रोको २०८२ मंसिर १ र चौथो सेमेस्टरको पढाइ २०८३ वैशाख ४ गते सुरु हुने त्रिविले जनाएको छ ।
यो क्यालेन्डर इन्स्टिच्युट अफ मेडिसिन बाहेक स्नातकोत्तर तहका सबै संकायमा लागू हुने त्रिविको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4