+
+

राष्ट्रपति पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १८:२९

१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड र जर्मनी भ्रमणमा जाने भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषदले ३१ जेठदेखि हुने उनको भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनका अनुसार ३१ जेठमा राष्ट्रपति पौडेल स्वीटजरल्याण्डको जेनेभा जानेछन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिनेछन् । त्यसपछि राष्ट्रपति पौडेल जर्मनी भ्रमणमा पनि जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?