
१७ जेठ, पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णचन्द्र देवकोटालाई दोहोर्याएका छन् ।
मुख्यमन्त्री पाण्डेले बिहीबार देवकोटालाई नियुक्त गर्दै शपथसमेत दिलाएका छन् ।
सरकारले बहुमत पुर्याउने आधार तयार भइनसकेको भए पनि नीति तथा कार्यक्रम र बजेटको तयारी गर्नुपर्ने भएकाले आयोगमा उपाध्यक्ष नियुक्त गरिएको छ ।
यसअघि मुख्यमन्त्री पाण्डेले राजीनामा दिएसँगै देवकोटा पनि आयोगबाट बाहिरिएका थिए ।
सर्वोच्च अदालतले मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै पाण्डेलाई नियुक्त गर्न परमादेश दिएपछि पाण्डे बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4