+
+

रिडी–तम्घास सडकखण्ड आजदेखि १६ असारसम्म दिनहुँ १२ घण्टा बन्द हुने

अनिल खत्री अनिल खत्री
२०८१ जेठ १८ गते ६:१७

१८ जेठ, गुल्मी । आजदेखि रिडी–तम्घास सडकखण्ड पुनः एक महिनासम्म बन्द गरिएको छ । स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम भइरहेकाले सडक बन्द गर्न गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले सूचना जारी गर्दै जेठ १८ गतेदेखि असार १६ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ । यो समय अवधिमा वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–रिडी सडक खण्डको रिडीदेखि राजासम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ । गएको चैतदेखि सडक बन्द गरेरै काम हुँदै आएको छ । सडकको केही ठाउँमा चट्टान फोर्ने र सडकको ग्रेड मिलाउने लगायतका काम बाँकी छ ।

सवारी साधनको चाप बढेसँगै पुरानो बाटो साँघुरो भएकाले रिडीबाट तम्घाससम्मको ४५ किलोमिटर सडकखण्ड विस्तार गरिँदै छ । सोही योजना अन्तर्गत पहिलो चरणमा रिडीदेखि राजासम्म २५ किलोमिटर सडक स्तरोन्नतीसँगै कालोपत्रे हुन लागेको हो ।

सडकमा समानान्तर इलाइट जेभीले काम गर्दै आएको छ । सडकमा कटिङ्ग र स्तरोन्नतीको काम गर्न करिब २२ वटा डोजर प्रयोग गरिएको छ । राजमार्गमा ७० प्रतिशत कटिङ्गको काम सकिएकोे समानान्तर इलाइट जेभीका इन्जिनियर राकेशकुमार पासवानले बताए ।

२०७९ साल फागुन २८ गते सम्झौता भएको सडक विस्तारको काम २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्नुपर्ने म्याद छ । १ अर्ब ५० करोड ४८ लाख ३२ हजार ९५९ रुपैयाँको लागतमा सडक बिस्तारको ठेक्का सम्झौता भएको छ ।

वैशाख महिनाको अन्तिमसम्म ३५ प्रतिशत भौतिक प्रगती र ३० प्रतिशत वित्तीय प्रगति भएको मदन भण्डारी सडक आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?