+
+

भारतको जम्मुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते ७:३६

१८ जेठ, काठमाडौं । भारतको जम्मुमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ । ६९ जना घाइते भएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार जम्मु–पुँछ राजमार्ग अन्तर्गत चोकीचोरा भन्ने स्थानमा विहीबार बस दुर्घटना भएको हो । बस करिब १५० फिट तल खसेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तर प्रदेशको हाथरस र राजस्थानका करिब ९० जना तीर्थ यात्री बसमा थिए । उनीहरु हरियाणाको कुरुक्षेत्रबाट जम्मुकश्मीरको रियासी जिल्लातर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

घाइतेहरुलाई जम्मुको अखनुर अस्पतालमा र सरकारी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २–२ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?