+
+

सबै ३४ आरोपमै ट्रम्प दोषी ठहर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते ८:३९

१८ जेठ, काठमाडौं । न्यूयोर्कको १२ सदस्यीय जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै ३४ आरोपहरुमै दोषी ठहर्‍याएको छ । दुई दिनसम्म चलेको सुनुवाइ पछि जुरीले ट्रम्पलाई दोषी ठहर्‍याएको सीएनएनले जनाएको छ ।

अमेरिकाको इतिहासमा पहिलो पटक पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ज भएको थियो । सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचन अघि पोर्नस्टार स्टोर्मी डेनियल्ससँग यौन सम्बन्ध राखेको र उनलाई चुप लगाउन अनधिकृत रूपमा रकम दिएको आरोप ट्रम्पमाथि थियो । यसैगरी ट्रम्पले आफ्नो कारोबारको रेकर्डका कागजात हेरफेर गरेको, राष्ट्रपति निर्वाचनको मत परिणाम प्रभावित पार्न संसद् भवनमा तोडफोड गरेको लगायत आरोपहरु पनि थिए । सबै ३४ आरोपमा जुरीले ट्रम्पलाई दोषी ठहर्‍याएको हो ।

अब न्यायाधीश जुआन मर्चेनले ११ जुलाईमा ट्रम्पमाथि सजाय सुनाउने छन् ।

ट्रम्पले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । कोर्ट रुमबाट बाहिरिंदै ट्रम्पले आफूले कुनै गलत काम नगरेको र निर्दोष रहेको जिकिर गरेका थिए । उनले आफू अन्तिमसम्म लड्ने र जित्ने दाबी समेत गरे ।

१५ जुलाईमा रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । त्यसले औपचारिक रूपमा पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारको रूपमा ट्रम्पको नाम घोषणा गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?