+
+

अम्बानीको प्रि-वेडिङमा सकिरा र केटी पेरीले पनि प्रस्तुति दिने, यस्तो छ पारिश्रमिक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १२:१५

काठमाडौं । जुलाई १२ मा मुम्बईमा हुन लागेको अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह भारतमा यस वर्षकै ठूलो इभेन्टको रुपमा चर्चा भइरहेको छ । समारोहलाई अझै भव्य र मनोरञ्जक तुल्याउन अम्बानी परिवारले कुनै कसर बाँकी छाडेका छैनन् ।

उनीहरुको दोस्रो प्रि-वेडिङ समारोह यसपटक फ्रान्स र इटालीमा सुरु हुँदैछ । सलमान, शाहरुख, रणवीर कपुर, आलिया भट्ट, रणवीर सिंहसहितका बलिउड स्टार इटालीतर्फ लागिसकेका छन् । अमेरिकी हिपहप स्टार पिटबुलले पनि उक्त विलासी क्रुज पार्टीमा प्रस्तुति दिने जनाइएको छ ।

यतिबेला यो प्रि–वेडिङ समारोहलाई लिएर नयाँ अपडेट छ । अन्तर्राष्ट्रिय पपस्टार सकिरा र केटी पेरीले पनि यो समारोहमा महंगो मूल्यमा प्रस्तुति दिने जनाइएको छ । अहिले यी दुवै स्टारको पारिश्रमिकको चर्चा छ ।

सकिराले अम्बानीको प्रि–वेडिङ समारोहका लागि १५ करोड भारु पारिश्रमिक लिने जनाइएको छ । केटी पेरीले ४५ करोड भारु लिने द सन युकेले उल्लेख गरेको छ । ब्याकस्ट्रिट ब्वाइजले ५ देखि ७ करोड भारु पारिश्रमिक लिने उल्लेख छ ।

पेरीले शुक्रबार दक्षिण फ्रान्समा हुने समारोहमा कपल्ससामु प्रस्तुति दिने तय छ । सोही अवसरमा सेलिब्रेटीले मास्क पार्टी समेत गर्ने जनाइएको छ । यो क्रुज पार्टी बार्सिलोना हुँदै कान्समा पुग्ने तय छ । ४० मिलियन पाउण्ड मूल्य पर्ने जहाजमा यो कार्यक्रम हुन लागेको हो ।

यसअघि गुजरातको जामनगरमा आयोजित पहिलो प्रि–वेडिङ समारोहमा पपस्टार रिहानाले ७४ करोड भारु पारिश्रमिक लिएकी थिइन् । दिलजीत दोसाँझले ४ करोड भारु पारिश्रमिक लिएका थिए । इशा अम्बानीको प्रि–वेडिङ समारोहमा बियोन्सेले ३३ करोड पारिश्रमिक लिएको यसअघि चर्चा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?