+
+

जितु र नीतिले चित्लाङबाट थाले ‘ज्वाइँसाब’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १२:२६

काठमाडौं । जितु नेपाल र नीति शाहले फिल्म ‘ज्वाइँसाब’को छायांकन शुक्रबारदेखि गरेका छन् । मकवानपुरको चित्लाङमा शुभसाइत पूजा गर्दै यो सोसल–ड्रामा फिल्मको छायांकन सुरु भएको हो ।

वसन्त निरौलाले छैटौं फिल्मको रुपमा ‘ज्वाइँसाब’को निर्देशन थालेका हुन् । यसअघि उनले विजयपथ, राजनीति, आवेग, समर्पण र मेला फिल्मको निर्देशन गरेका छन् ।

यो कमेडी तथा सोसल ड्रामामा जितु र नीतिले पहिलोपटक सहकार्य गर्न लागेका हुन् । छायांकनको हिसाबले नीतिको ‘खजुरे ब्रो’पछि यो दोस्रो फिल्म हो । फिल्मलाई एक महिनासम्म मकवानपुरसहित चितवनको सौराहा र इलाममा पनि खिचिने भएको छ ।

फिल्ममा जितु शीर्ष भूमिकामा देखिनेछन् । फिल्ममा बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे र निमा पाण्डेको समेत अभिनय हुनेछ ।

फिल्ममा श्याम तामाङको छायांकन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत रहनेछ । रेड आई फिल्म्सको प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्म्सको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो ।

यो फिल्मलाई समसामयिक कथावस्तुमा बनाउन लागिएको जनाइएको छ । सामाजिक कथालाई कमेडी शैलीमा फिल्ममा भन्न लागिएको अभिनेता नेपालले जानकारी दिए । यो फिल्मको प्रदर्शन आगामी तिहारमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?