+

युरो २०२४ का लागि डेनमार्कको टोली घोषणा

२०८१ जेठ  १८ गते १३:३५ २०८१ जेठ १८ गते १३:३५
युरो २०२४ का लागि डेनमार्कको टोली घोषणा

१८ जेठ, काठमाडौं । आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुने युरो २०२४ का लागि डेनमार्कको टोली घोषणा भएको छ ।

मुख्य प्रशिक्षक क्यास्पर हालमण्डले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

अनुभवी र युवा खेलाडीहरूको मिश्रणसहित बलियो टोली घोषणा गरेको डेनिस फुटबल संघले जनाएको छ ।

टोलीमा रासमुस होएलुन्ड, क्यास्पर स्माइकल, एन्ड्रियास स्कोभ ओल्सेन, साइमन केजर, ज्याकब ब्रुन लार्सन, क्रिस्चियन एरिक्सन र पियरे एमिल होएबर्ज लगायत खेलाडी छन् ।

टोलीमा तीन गोलकिपर, पाँच डिफेन्डर, चार फुलब्याक, छ मिडफिल्डर, दुई लेफ्ट विङ्गर, दुई राइट विङ्गर र चार फरवार्ड रहेको डेनिस फुटबल संघले जनाएको छ ।

समूह सी मा रहेको डेनमार्कले जुन १६ मा स्लोभेनियासँग स्टुटगार्डमा खेल्दै युरो सुरु गर्नेछ ।

त्यसअघि डेनमार्कले जुन ५ मा स्वीडेन र जुन ८ मा नर्वेसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

युरो खेल्ने टोलीले जुन ७ सम्म आफ्नो २६ सदस्यीय अन्तिम सूची यूईएफएलाई बुझाउनुपर्नेछ । त्यसपछि भने टोलीमा कुनै खेलाडी गम्भीर घाइते भएमा स्वीकृति लिएर मात्र खेलाडी परिवर्तन गर्न सकिनेछ ।

 डेनमार्कको टोली

गोलकिपर : कास्पर स्माइकल (एन्डरलेच), फ्रेडरिक रोनो (युनियन बर्लिन), म्याड्स हर्मनसेन (लेस्टर)

डिफेन्डर : एन्ड्रिस क्रिस्टेनसेन (बार्सिलोना), साइमन केयरर (एसी मिलान), जोआकिम एन्डरसन (क्रिस्टल प्यालेस), यानिक भेस्टरगार्ड (लेसेस्टर), भिक्टर नेल्सन (गालातासारे), अलेक्जेन्डर बाह (बेन्फिका), जोकिम माहेले (वुल्फ्सबर्ग), रासमुस निसेन क्रिस्टेनसेन (रोमा), भिक्टर क्रिस्टियनसेन (बोलोग्ना)

मिडफिल्डर : क्रिस्टियन एरिक्सन (म्यानचेस्टर युनाइटेड), थोमस डेलानी (एन्डरलेच), मोर्टेन हुलमान्ड (स्पोर्टिङ लिस्बन), पियरे-एमिल होएवर्ग (टोटेनहम), क्रिस्टियन नोर्गार्ड (ब्रेन्टफोर्ड), म्याथियास जेन्सेन (ब्रेन्टफोर्ड), मिकेल डम्सगार्ड (ब्रेन्टफोर्ड), जैकब ब्रुन लार्सन (बर्नली), एन्ड्रिस स्कोभ ओल्सेन (क्लब ब्रुग्स)

फरवार्ड : एन्डर्स ड्रेयर (एन्डरलेच), कास्पर डोल्बर्ग (एन्डरलेच), रासमुस होएलुन्ड (म्यानचेस्टर युनाइटेड), जोनास विन्ड (वुल्फ्सबर्ग), युसुफ पाउल्सेन (लाइपजिग)

जर्मनी डेनमार्क युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय