+
+

परिसंघले भन्यो : स्वदेशी उद्योगलाई छैन बिजुली, भारतलाई किन बेच्नु ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १८ गते १४:०५

१८ जेठ, काठमाडौं । नेपालका उद्योगहरूमा लोडसेडिङ यथावत रहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले भारतमा विद्युत् निर्यात थालेको भन्दै नेपाल उद्योग परिसंघले आपत्ति जनाएको छ ।

विद्युत् प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत् निर्यात गरेको जानकारी गराएको थियो ।

विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दै आए पनि प्राधिकरणले विद्युत् आयात गर्दा महँगो पर्ने तर्क गर्दै विद्युत् आयात नगरेको परिसंघको आरोप छ । यसको मारमा उद्योग विगत तीन महिनाअघि देखि पर्दै आएको समेत परिसंघले जनाएको छ ।

अहिले विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त उपलब्ध नगराई निर्यात गर्नु प्राधिकरणले आफूलाई ‘खुद निर्यातकर्ता’ देखाउन मात्र खोजेको रुपमा पुष्टि हुने परिसंघको आरोप छ ।

स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउने काम भएको परिसंघको आरोप छ ।

‘उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत् मात्रै निर्यात गर्न परिसंघ जोडदार माग गर्दछ,’ परिसंघले जारी गरेको विज्ञप्तिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?