
१८ जेठ, दोलखा । सुक्खा पहिरोले तामाकोशी नदी केही घण्टा थुनिएको थियो । यद्यपि अहिले आफैं पानी बग्न थालेकाले ठूलो जोखिम नरहेको स्थानीय प्रशासनले जनाएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार लामाबगरभन्दा केही माथि देउराली नजिकै सुक्खा पहिरो खसेको थियो । नासा हाइड्रोले बाटो खनेको स्थानबाट सुक्खा पहिरो खस्दा बिहान १०/११ बजेतिर नदी थुनिएको थियो ।
तर अहिले पानी बग्न थालेको छ । गर्मी याममा नदीमा पानी धेरै नभएकाले ३/४ घण्टा थुनिएको पानीले जोखिम नरहेको प्रजिअ पोखरेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4